काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.०८ र बिक्रीदर १३६.६८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनपनि डलर यही दरमा सटही भएको थियो ।
आज एक यूरोको खरिददर १४९.०९ रुपैयाँ र बिक्रीदर १४९.७५ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७५.४३ रुपैयाँ र बिक्रीदर १७६.२० रुपैयाँ कायम छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८२.२५ रुपैयाँ र बिक्रीदर ८२.६१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२६ रुपैयाँ र बिक्रीदर ९.३० रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.०५ रुपैयाँ र बिक्रीदर ३७.२१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.६९ रुपैयाँ र बिक्रीदर १८.७७ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६७ रुपैयाँ र बिक्रीदर ३०.८० रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.३३ रुपैयाँ र बिक्रीदर ३७.५० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४२.०९ रुपैयाँ र बिक्रीदर ४४४.०४ रुपैयाँ कायम भएको छ ।