सोमबार, असार २,२०८२ 10:56:31
  • सोमबार, असार २,२०८२ 10:56:31
Global IME Bank Limited

अमेरिकी ट्यारिफको प्रभाव गहिरिदै, एशियाली सेयर बजारमा भारी गिरावट

Hyundai Nepal
अमेरिकी ट्यारिफको प्रभाव गहिरिदै, एशियाली सेयर बजारमा भारी गिरावट
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी सरकारले लागू गरेको ट्यारिफ नीतिको प्रभाव जारी रहेको छ । अप्रिल ५ गतेबाट लागू भएको ट्यारिफका कारण एशियाली सेयर बजारले भारी गिरावटको सामना गर्नुपरेको छ ।  

आईतबार जापानको सेयर बजार मापक निक्की२२५ इन्डेक्स कारोबारको थालनीसँगै ८ प्रतिशतले घटेको थियो । यससँगै निक्की२२५ इन्डेक्स सन् २०२४ अगस्ट पछि पहिलोपटक ३३ हजार विन्दु तल झरेको छ । यस्तै टोपिक्स इन्डेक्स पनि ७.५ प्रतिशतले घटेको थियो ।  

आज भने निक्की इन्डेक्स ६.३९ प्रतिशतले घट्दै ३१ हजार ८०१ विन्दुमा कारोबार भईरहेको छ । टोपिक्स पनि आज ५.९३ प्रतिशतले घट्दै २ हजार ३३४ विन्दुमा कायम छ ।  

जापानका प्रधानमन्त्री सिगेरु ईसिबाले ट्यारिफ कम गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निरन्तर आग्रह गर्ने बताएका छन् । तर यसको परिणाम भने रातारात नदेखिने उनले बताएका छन् । ट्रम्पले जापानबाट आयात हुने वस्तुहरुमा २४ प्रतिशत ट्यारिफ लगाएका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अमेरिकी सेयर बजारमा पनि गत बिहिबार र शुक्रबार भारी गिरावट आएको थियो । जसका कारण लगानीकर्ताले दुई दिनमै ५.४ ट्रिलियन डलर गुमाएका थिए । एशियाली बजारमा पनि अमेरिकी बजारकै पुनरावृत्ति हुने देखिन्छ ।  

आइतबार दक्षिण कोरियाको कोस्पी इन्डेक्स पनि ४.८ प्रतिशतले घट्दै कारोबारको सुरुवात गरेको थियो । आजपनि कोस्पी इन्डेक्स ४.३७ प्रतिशतले ओरालो लाग्दै १०७.४५ विन्दुमा कारोबार भईरहेको छ । आइतबार सर्किट ब्रेकर लाग्दै ५ मिनेटका लागि कारोबार स्थगित भएको थियो ।  

यस्तै आइ्तबार ताइवानको ताईएक्स इन्डेक्सले पनि खराब सुरुवात गरेको थियो । उक्त दिन ताईपेक्स इनडेक्स ९.७ प्रतिशतले घटेको थियो । आजपनि ताईएक्स इन्डेक्स ९.६४ प्रतिशतले घटेर कारोबार भईरहेको छ ।  

यस्तै अष्ट्रेलियाको एसएण्डपी/एएसएक्स२०० इन्डेक्स पनि ३.७८ प्रतिशतले घटेको छ । चीनको सेयर बजारमा समेत आज भारी गिरावट देखिएको छ । चीनको सीएसआई३०० इन्डेक्स ५.८६ प्रतिशतले घट्दै ३ हजार ६३५ विन्दुमा खुम्चिएको छ ।  हङकङको हाङसेङ इनडेक्स पनि आज ९.०८ प्रतिशतले झरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.