सोमबार, असार २,२०८२ 10:19:20
  • सोमबार, असार २,२०८२ 10:19:20
Global IME Bank Limited

आज अधिकांश एशियाली सेयर बजारमा बाउन्सब्याक, जापानको इन्डेक्स सर्वाधिक बढ्यो

Hyundai Nepal
आज अधिकांश एशियाली सेयर बजारमा बाउन्सब्याक, जापानको इन्डेक्स सर्वाधिक बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले पुनरागमन गरेका छन् । ट्रम्पको भन्सार शुल्कका कारण पछिल्लो समय तीव्र गिरावटको सामना गरिरहेका अधिकांश एशियाली बजारमा आज बाउन्सब्याक देखिएको हो ।  

एशियाली बजारमध्ये आज जापानको सेयर बजार निक्की२२५ इन्डेक्स सर्वाधिक बढ्यो । निक्की२२५ इ्रन्डेक्स आज ६.०३ प्रतिशत अर्थात १ हजार ८७६ अंकले बढेर ३३ हजार १२.५८ विन्दुमा बन्द भएको छ । साना कम्पनीहरुको कारोबार हुने टोपिक्स पनि आज ६.२६ प्रतिशतले बढ्दै २ हजार ४३२ को विन्दुमा बन्द भएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दक्षिण कोरियाको कोस्पीमा पनि आज ०.२६ प्रतिशतको सुधार देखिएको छ । साना पूँजी भएका कम्पनीहरुको कारोबार हुने कोस्डाक पनि १.१ प्रतिशतले बढ्यो ।  

यसैगरी हङकङको हाङसेङ इन्डेक्स आज १.५१ प्रतिशतको वृद्धिका साथ २० हजार १२७ विन्दुमा बन्द भएको छ । चीनको सीएसआई३०० इन्डेक्समा पनि १.७१ प्रतिशतको बढोत्तरी आएको छ ।  

भारतको सेयर बजार मापक सेन्सेक्स २ प्रतिशत र निफ्टी५० पनि २.०९ प्रतिशतले बढेका छन् ।  

यो दिन इन्डोनेशियाको सेयर बजार जाकर्ता कम्पोजिट भने ७.८७ प्रतिशतले घटेर बन्द भएको छ । तीव्र गिरावटका कारण जाकर्ता कम्पोजिटमा अस्थाई सर्किट ब्रेकर लागेको थियो ।  

भियतनामको सेयर बजार पनि आज ६.४८ प्रतिशतले खस्किएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.