बिहीबार, श्रावण १४,२०८३ 11:56:24
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:56:24
Bizshala
Global IME Bank Limited

चीनविरुद्ध आक्रामक बन्दै अमेरिका, भन्सार शुल्क १०४% पुर्यायो

चीनविरुद्ध आक्रामक बन्दै अमेरिका, भन्सार शुल्क १०४% पुर्यायो
New Office

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत भन्सार शुल्क कर लगाएका छन् । यससँगै चीनमाथि अमेरिकी कुल ट्यारिफ १०४ प्रतिशत पुगेको छ । यसको मतलब अब अमेरिका पुग्ने चिनियाँ सामानमा १०४ प्रतिशत आयात शुल्क लगाइनेछ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको दस्तावेजमा यो कुरा पुष्टि भएको हो । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनले अमेरिकाविरुद्ध प्रतिशोधात्मक कारबाही गर्ने घोषणा गरेपछि यो कदम चालिएको हो।’

आफ्नो दोस्रो कार्यकालको सुरुमा ट्रम्पले चीनमा २० प्रतिशत कर लगाएका थिए । यसपछि ट्रम्पले सारा विश्वमा कर लगाउने घोषणा गरेपछि चीनमा ३४ प्रतिशत अतिरिक्त ट्यारिफ लगाइएको थियो । अब ५० प्रतिशत महशुल लगाएपछि कुल आयात शुल्क १०४ प्रतिशत पुगेको छ ।

ट्रम्पले सोमबार नै चीनले अमेरिकी सामानमा आयात शुल्क लगाउने निर्णय फिर्ता नगरे चीनमा थप ५० प्रतिशत कर लगाउने बताएका थिए । ट्रम्पको भनाइमा चीनको वाणिज्य मन्त्रालयले अमेरिकी ब्ल्याकमेललाई स्वीकार नगर्ने र अन्त्यसम्म यसको विरुद्ध लड्ने बताएको छ ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.