बिहीबार, श्रावण १४,२०८३ 11:58:51
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:58:51
Bizshala
Global IME Bank Limited

चीन–अमेरिका ट्यारिफ वारः ट्रम्पको ट्यारिफको बदलामा चीनले पनि लगायो थप ५०% भन्सार शुल्क

चीन–अमेरिका ट्यारिफ वारः ट्रम्पको ट्यारिफको बदलामा चीनले पनि लगायो थप ५०% भन्सार शुल्क
New Office

काठमाण्डौ । अमेरिकाले लगाएको १०४ प्रतिशत करको बदलास्वरुप चीनले अमेरिकामा थप ५० प्रतिशत कर लगाएको छ । यसको मतलब अमेरिकाले पहिलेको ३४ प्रतिशतको सट्टा अब ८४ प्रतिशतको कुल करको सामना गर्नुपर्नेछ।

चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आउने सबै सामानमा थप कर लगाउने घोषणा गरेको छ । मन्त्रालयका अनुसार यी नयाँ शुल्कहरू अप्रिल १० मा चीनको स्थानीय समय दिउँसो १२ः१ बजेदेखि लागू हुनेछन्।

यसअघि अमेरिकाले चीनमा ५० प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेको थियो । योसँगै चीनमा कुल भन्सार बढेर १०४ प्रतिशत पुगेको छ ।  

त्यसको जवाफमा चीनले अमेरिकाको करवृद्धिविरुद्ध एकजुट हुन सम्पूर्ण विश्वलाई अपिल गरेको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाको करवृद्धिको सामना गर्न चीनले आफ्ना छिमेकी देशहरूसँगको सम्बन्धलाई मजबुत बनाउनुपर्ने बताएका छन् ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.