काठमाण्डौ । अमेरिकी वाणिज्य सचिव होवार्ड लुटनिकले स्मार्टफोन र कम्प्युटरलगायत अन्य विद्युतीय सामानहरूलाई पारस्परिक ट्यारिफबाट दिइएको छुट अस्थायी भएको बताएका छन् ।
लुटनिकले यस्तो शुल्कहरू छुट्टै सेमिकन्डक्टर ट्यारिफ अन्तर्गत योजना गरिएको बताए। यो पछि घोषणा गरिने उनले बताएका छन्।
ट्रम्प प्रशासनले हालै मात्रै मोबाइल फोन र कम्प्युटर लगायत धेरै इलेक्ट्रोनिक उत्पादनहरूलाई पारस्परिक करबाट छुट दिइने घोषणा गरेको थियो। यसमा चीनबाट ल्याइएको सामान पनि समावेश हुनेछ ।
प्रविधि कम्पनीहरूले पारस्परिक करको बारेमा चिन्ता व्यक्त गरेको बेला अमेरिकाले यो कदम उठाएको हो।
उता चिनियाँ अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पारस्परिक करहरू पूर्ण रूपमा रद्द गर्न आग्रह गरेका छन्। ट्रम्पको पारस्परिक ट्यारिफ पछि, विश्वका दुई ठूला अर्थतन्त्रहरू बीच ट्यारिफ वार जारी छ ।
चीनको वाणिज्य मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ,‘हामी अमेरिकालाई आफ्ना गल्तीहरू सच्याउन ठूलो कदम चाल्न आग्रह गर्दछौं।’