मंगलवार, आश्विन १३,२०८३ 09:34:24
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:34:24
Bizshala
Global IME Bank Limited

दक्षिण कोरियाद्वारा सेमिकन्डक्टर उद्योगका लागि २३ अर्ब डलरको सहायता प्याकेज घोषणा

Bizshala
दक्षिण कोरियाद्वारा सेमिकन्डक्टर उद्योगका लागि २३ अर्ब डलरको सहायता प्याकेज घोषणा
New Office

काठमाण्डौ । दक्षिण कोरियाले देशको सेमिकन्डक्टर उद्योगको सहायत प्याकेज बढाउने घोषणा गरेको छ । अमेरिकी ट्यारिफ नीति र बढ्दो चिनियाँ प्रतिष्पिर्धासँगै दक्षिण कोरियाली सरकारले सेमिकन्डक्टर उद्योगलाई २३.२५ अर्ब डलर(३३ ट्रिलियन कोरियन वन) सहायता प्रदान गर्ने घोषणा गरेको हो ।  

गत वर्ष भने सेमिकन्डक्टर उद्योगलाई २६ ट्रिलियन वनबराबरको सहायता प्याकेज उपलब्ध गराइएको थियो । यस्तै दक्षिण कोरियाली सरकारले चिप उद्योगका लागि पनि २० ट्रिलियन वनबराबरको आर्थिक सहायता कार्यक्रमको घोषणा गरेको छ । यसअघि यस्तो सहायता १७ ट्रिलियन वन थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

दक्षिण कोरियाली कम्पनीहरुले विश्वस्तरमा प्रतिष्पर्धा गर्न भारी खर्चको सामना गर्नु परिरहेको बेला प्रमुख चिप क्षेत्रमा लगानी खन्याउने योजना बनाएको हो । एशियाको चौथो ठूलो अर्थतन्त्रको रुपमा रहेको दक्षिण कोरिया विश्वकै उच्च चिप निर्माताहरु जस्तै सामसुङ इलेक्ट्रोनिक्स र एसके हाईनिक्स जस्ता कम्पनीहरुको केन्द्र हो । यद्यपी यी कम्पनीहरु चिप डिजाइन र कन्ट्राक्ट चिप उत्पादनमा आफ्ना प्रतिष्पर्धिहरुको तुलनामा पछि पर्दै आईरहेका छन् ।  

सन् २०२४ मा दक्षिण कोरियाले १४१.९ बिलियन डलरबराबरको सेमिकन्डक्टर निर्यात गरेको थियो । जसन देशको कुल निर्यातको २१ प्रतिशत हुन आउछ । यो अवधिमा दक्षिण कोरियाबाट अमेरिकामा ४६.६ बिलियन डलर र चीनमा १०.७ बिलियन डलरबराबरको सेमिकन्डक्टर निर्यात भएको थियो ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत आइतबार अमेरिकामा आयात हुने सेमिकन्डक्टरमा आगामी सातादेखि नयाँ ट्यारिफको घोषणा गरिने बताएका थिए । यस्तै उनले केही कम्पनीहरुका लागि भने केही लचकता अपनाइने बताएका छन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.