Bizshala
  • मंगलवार, असार २३,२०८३ 08:32:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जग्गा बेचेर सेयरमा हालेको पैसा यसरी भयो आधा, गाडी चढ्ने सपना चकनाचुर

साथीले भने जोडे कपनमा घर र गाडी

Laxmi Sunrise Bank Limited
जग्गा बेचेर सेयरमा हालेको पैसा यसरी भयो आधा, गाडी चढ्ने सपना चकनाचुर

काठमाण्डौ। वर्षको पहिलो कारोबार दिन आज नेप्सेमा दिनभर बढेर कारोबार भयो। ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको उपस्थिति ठीकै देखिन्थ्यो । सेयर लगानीकर्ताहरुका सफल र असफल कथा र अनुभव खोज्ने बुझ्ने क्रममा आज मध्यान्न हामी राजधानीको मूटुमा नै रहेको कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५) मा पुग्यौ। यहाँ लगानीकर्ताको बसाईका लागि कुर्सीहरु टन्न मिलाएर राखिएका थिए भने भित्रको डिस्प्ले खुलै थियो । यहाँ एक जना लगानीकर्ता पनि ब्रोकर हाउसमा थिएनन् । मध्यान्नको एक बज्दै थियो २ जना लगानीकर्ता कालो झोला बोकेर टुप्लुक्क ब्रोकर हाउसमा छिरे ।

त्यसपछि सुरु भयो सेयर बजारका अनुभव र असली कथा । तराईमा स्थायी घर  भई हाल कलंकीमा अस्थायी बसोवास गरिरहेका एक लगानीकर्ताले डिस्प्ले हेर्दै भने, ‘मैले  पुर्ख्यौली जग्गा ५० लाख रुपैयामा बेचेर २०७२ सालमा सेयरमा हाले । त्यो पैसा अहिले आधा भएको छ ।’ उनले हास्दै भने, ‘त्यो बेला जग्गा बेचको पैसा थियो,  थोरै किन्न जानिएन । त्यो बेला सस्तो भनेर केही हाइड्रो  सिटिजन्स बैंक तथा सानिमा बैंकको सेयर किनेको थिए, अहिले घटेर आधा भएको छ ।’

New Office
CG Motors
Garima Development Bank

आफ्ना कम्पनीको सेयरमूल्य घटेर आजित भएका उनले अब नाफा नचाहिने र लगानी मात्रै उठे हुने बताए । त्यो बेला निजगढको जग्गा बेचेर सेयरमा हालेको बताउदै अहिले त्यो जग्गा बढेर डबल भएको सुनाए । ‘मैले १० लाख त राखेको थिए नि ! दश लाखको सेयर किनेर २५ लाख बनाएर गाडी चढ्ने लोभ पलायो । पछि बजार घट्दै जादा अहिले बाइक पनि नआउने भएको छ । गाडी चढ्ने सपना पनि चकनाचुर नै भयो । यो उमेरमा नचढे कहिले चढ्नु ?’ उनले भने, ‘यो सेयर बजार भनेको पनि भाग्यकै खेल रहेछ । के गर्नु आफूलाई त भाग्यले पनि ठग्यो । ’  

यस्तो भनिरहदा उनको मुहारमा कुनै क्षण मन्द मुस्कान देखिन्थ्यो भने कुनै क्षण निराशा । उनले बेला बेला सरकारका कारण पनि सेयर बजार बढ्न नसकेको आरोप लगाए । कुराकानीकै क्रममा उनले  ब्रोकरका एक लगानीकर्ता सफलताको कथा पनि सुनाए । ‘एक जना गोबिन्द नाम गरेका साथी थिए । उनले त्यो बेला करोडौं रुपैयाँमा नागरिक लगानी कोषको सेयर १५ सय आसपासमा खरिद गरेका थिए । मलाई पनि किन्न सुझाव दिएका थिए ।  तर मलाई उसको बिश्वास नै लागेन ।’ पछुताउदै उनले भने, ‘पछि त्यो सेयर ५५ सय सम्म पुग्यो । ’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

ती साथी त्यसबेला थ्रोत्रो मोटर साइकल चढेर ब्रोकर आउने गरेको र आफूसँग २ हजार सापटी पनि लिएको बेलिविस्तार लगाए । ‘त्यस्तो अवस्थाको मेरो ती साथीले पछि त कपनमा घर किनेछन् । पहिले चक्रपथमा भाडामा बस्थे रे । अहिले त ड्राइभर नै राखेर ८० लाखको गाडी चढ्छन् ।’ उसले थप्दै भने, ‘मान्छे देख्दा बिश्वास नै लाग्दैन । सँगै हिड्दा उ ड्राइभर र म साहु जस्तो देखिन्छौं ।’

उनले आफ्नो लामो अनुभवबाट सेयर बजारमा विशेष गरी कम्पनी छनौट गर्दा ध्यान दिनु पर्ने सुझाव समेत दिए । धेरै कम्पनी किनेर थुपार्नुको साटो एकाध ब्लू चिप  कम्पनी किन्न सकिए बजारबाट राम्रै आम्दानी गर्न सकिने उनले बताए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.