काठमाण्डौ । गाजामा छ हप्ताको युद्धविराम लागू गर्ने बदलामा हतियारहरू त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ । यसबारे वरिष्ठ प्यालेस्टाइन अधिकारीले जानकारी दिएका हुन्। उनले इजरायलको योजनाले युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नदेखाएको बताए।
हमासका मुख्य माग पनि यसमा समावेश भएनन् । जसको बदलामा हमासले बन्धक बनाएका आधालाई रिहा गर्न भनिएको थियो । गाजामा इजरायलको सैन्य कारबाही जारी रहेको बेला यो प्रस्ताव आएको हो ।
हालै गाजाको खान युनिसको फिल्ड अस्पतालमा हवाई आक्रमण भएको थियो । एक सुरक्षा गार्डको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्। यसै क्रममा इजरायली सेनाले हमासका एक नेता मारिएको बताएको थियो ।
यसैबीच, संयुक्त राष्ट्र एजेन्सीले गाजामा मानवीय अवस्था युद्ध सुरु भएदेखि १८ महिना सबैभन्दा खराब रहेको बताएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।