काठमाण्डौ । हमासले इजरायलको नयाँ युद्धविराम प्रस्तावलाई औपचारिक रूपमा अस्वीकार गरेको छ । समूहले युद्ध अन्त्य गर्ने र बाँकी रहेका सबै बन्धकहरूको रिहाइको बदलामा प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सम्झौतामा वार्ता गर्न तयार रहेको बताएको छ।
हमासका प्रमुख वार्ताकार खलील अल–हयाले भिडियोमार्फत आफ्नो बयान जारी गरेका छन्। यसमा हयाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको राजनीतिक एजेन्डा पूरा भएको कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका छन् ।
इजरायलको नयाँ सम्झौताले १० बन्धकहरूलाई रिहा गर्ने बदलामा ४५ दिनको युद्धविरामको लागि आह्वान गरेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही घण्टाअघि इजरायली हवाई आक्रमणमा ३७ जनाको ज्यान गएको जनाएको छ।
यद्यपी इजरायली सेनाले यस विषयमा अहिलेसम्म केही बोलेको छैन ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                