सोमबार, असार २,२०८२ 09:40:01
  • सोमबार, असार २,२०८२ 09:40:01
Global IME Bank Limited

पोखरा फाइनान्सको नाफा ७.१९ करोड, वितरणयोग्य मुनाफा १.६३ अर्बले ऋणात्मक

Hyundai Nepal
पोखरा फाइनान्सको नाफा ७.१९  करोड, वितरणयोग्य मुनाफा १.६३ अर्बले ऋणात्मक
Nabil Bank Limited

काठमलाण्डौ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म घाटामा रहेको पोखरा फाइनान्स कम्पनी लिमिटेडले नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ७ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १७ करोड २३ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीको खुद ब्याज आम्दानी १०.२५ प्रतिशतले बढ्दै २६ करोड २१ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी भने १ करोड ५९ लाख रुपैयाँबाट घटेर ४८ लाख ३० हजारमा सीमित बनेको छ ।  

कम्पनीको अन्य सञ्चालन आम्दानी ७३ लाख ८६ हजारबाट बढेर ६ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यस्तै अघिल्लो आवमा ७ करोड ६८ लाख रुपैयाँ ऋणात्मक रहेको कम्पनीको खुद सञ्चालन आम्दानी २२ करोड ५ लाख रुपैयाँले धनात्मक बनेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

१ अर्ब ८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ६३ करोड रुपैयाँ ऋणात्मक रहेको छ । चैत मसान्तसम्म कम्पनीको रिजर्भको आकार भने ९१ करोड १२ लाख रुपैयाँबाट बढेर १ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।  

कम्पनीको निक्षेप संकलन भने १३ अर्ब १९ करोडबाट घटेर ६ अर्ब ९९ करोड रुपैयाँमा खुम्चिएको छ । कर्जा प्रवाह पनि ६ अर्ब ८८ करोड रुपैयाँबाट घटेर ५ अर्ब ८६ करोडमा सीमित बनेको छ । कम्पनीको खराब कर्जा अनुपात चुलिएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ७.९१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ३१.२५ प्रतिशत पुगेको छ ।  

कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ६३ करोड रुपैयाँले ऋणात्मक र वितरणयोग्य वार्षिक प्रतिसेयर आम्दानी १४.३० प्रतिशतले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.८७ प्रतिशत,प्रतिसेयर नेटवर्थ ४८.७५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७२५.३३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६२.४३ गुणा र तरलता अनुपात १२.३६ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.