सोमबार, असार २,२०८२ 10:21:18
  • सोमबार, असार २,२०८२ 10:21:18
Global IME Bank Limited

सपोर्ट लघुवित्तको नाफा १४८.३७% ले वृद्धि, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
सपोर्ट लघुवित्तको नाफा १४८.३७% ले वृद्धि, आम्दानी र ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । खुद ब्याज आम्दानी वृद्धि भएसँगै सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा सुधार आएको छ  । चालु आवको तेस्रो त्रेमाससम्ममा संस्थाले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४८.३७ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने संस्थाले १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी पनि ७७.४६ प्रतिशतले बढेर ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर ४ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५ करोड ७९ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ६ करोड ४६ लाख रुपैयाँ पुगेको छ । संस्थाको खराब कर्जा अनुपात बढेको छ। संस्थाको खराब कर्जा अनुपात १.४७ प्रतिशतबाट बढेर १.६४ प्रतिशत पुगेको छ ।  

संस्थाले समीक्षा अवधिसम्म ४१ करोड ५४ लाख निक्षेप संकलन र १ अर्ब ८४ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३३.३७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३३.३७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६१४.८३ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७१.८० गुणा र तरलता अनुपात १०.४४ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.