सोमबार, असार २,२०८२ 10:25:21
  • सोमबार, असार २,२०८२ 10:25:21
Global IME Bank Limited

दक्षिण पूर्वी एशियाली देशहरुबाट आयात हुने सोलार प्यानलमा अमेरिकाले लगायो ३५२१% ट्यारिफ

Hyundai Nepal
दक्षिण पूर्वी एशियाली देशहरुबाट आयात हुने सोलार प्यानलमा अमेरिकाले लगायो ३५२१% ट्यारिफ
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकाले दक्षिण पूर्वी एशियाली देशहरुबाट आयात हुने सोलार प्यानलमा ३ हजार ५२१ प्रतिशतसम्म ट्यारिफ लगाउने घोषणा गरेको छ । अमेरिकी प्रमुख सोलार सामाग्री उत्पादनहरुले तत्कालिन राष्ट्रपति जो बाइडेनलाई अमेरिकी कम्पनीहरुलाई जोगाउन आग्रह गरेसँगै एक वर्षअघि सुरु भएको अनुसन्धान निष्कर्ष पुगेसँगै अमेरिकाको वाणिज्य विभागले यस्तो निर्णय गरेको हो ।  

यो निर्णय विशेष गरेर क्याम्बोडिया, थाईल्याण्ड, मलेसिया र भियतनामलाई लक्षित गरी गरिएको जनाइएको छ । यी देशहरुले सोलार उत्पादनका लागि चीनबाट अनुदान पाएको र अमेरिकामा सस्तो सोलारको भण्डार बढाएको आरोप लगाइएको छ । यद्यपी नयाँ ट्यारिफको विषयमा अमेरिकी सरकारको निकाय ‘इन्टरनेशनल, ट्रेड कमिशन’ले जुन महिनामा अन्तिम निर्णय लिनेछ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अनुसन्धानका क्रममा असयोग गरेका कारण केही क्याम्बोडेली निर्यातकर्ताहरुलाई ३ हजार ५२१ प्रतिशतसम्मको भन्सार शुल्क लगाइएको छ । यस्तै मलेसियामा उत्पादन गरिरहेको चिनियाँ उत्पादक जिन्को सोलारले सबैभन्दा कम अर्थात ४१ प्रतिशत ट्यारिफको सामना गर्नुपर्ने भएको छ ।  यस्तै चीनमा आधारित कम्पनी ट्रिना सोलारमाथि पनि ३७५ प्रतिशत ट्यारिफ लगाइएको छ । 

डोनाल्ड ट्रम्पको पहिलो कार्यकालसँगै धेरै चिनियाँ कम्पनीहरु ट्यारिफबाट बच्नका लागि दक्षिणपूर्वि एशियाली देशमा केन्द्रीत बनेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.