काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केन्द्रीय बैंक,‘फेडरल रिजर्भ(फेड)का अध्यक्षमाथि आक्रामक रुपमा प्रस्तुत भएसँगै अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । ब्याजदर घटाउन नमानेका फेड अध्यक्ष जेरोमी पावेललाई ट्रम्पले,‘मेजर लुजर’भन्दै टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमा अर्थतन्त्रलाई उकास्नका लागि पावेललाई ब्याजदर घटाउन निर्देशन दिदै आर्थिक विकासको मामिलामा पोवेल सुस्त भएको बताएका छन् ।
ट्रम्पको ट्यारिफ नीतिकै कारण आर्थिक मन्दीको भयसँगै सेयर बजारमा आईरहेको बिक्रिी दबाबकैबीच ट्रम्पले पावेलमाथि अर्थतन्त्रलाई सहि दिशामा डोर्याउन नसकेको आरोप लगाएका हुन् ।
आफ्नो पहिलो कार्यकालमा फेडको अध्यक्षमा लागि सिफारिस गरेका पोवेलसँगको टकरचावले अमेरिकी सेयर बजारमा थप संकट निम्त्याएको छ । सोमबार एस एण्ड पी५०० इनडेक्स २.४ प्रतिशतले घट्यो । यो वर्ष मात्रै एस एण्ड पी इन्डेक्स १२ प्रतिशतले घटिसकेको छ ।
यस्तै डाउ जोन्स इन्डष्ट्रियल एभरेज पनि २.४ प्रतिशतले खस्किएको छ । यो इनडेक्स पनि यो वर्ष १० प्रतिशतले घटेको छ ।
उता अर्को इन्डेक्स नास्डक पनि सोमबार २.५ प्रतिशतले घट्यो । जनवरीदेखि हालसम्म नास्डकमा १८ प्रतिशतको गिरावट आईसकेको छ ।