काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आव २०७१/७२ देखि आज २०७५/७६ सम्म जारी भएका बीमालेख अर्न्तगत दाबीको जानकारी कम्पनीमा गराई कम्पनीबाट दाबी भुक्तानी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु विगत लामो समयदेखि नबुझाई बसेका बिमितहरुलाई बारम्बार ताकेता गर्दा पनि आवश्यक कागजातहरु नबुझाएकोले यस्तो आग्रह गरिएको जनाएको छ ।
यस्तो बिमितहरुले सूचना जारी भएको मितिबाट १५ दिन भित्र आफूले बीमा गरेको कम्पनीको प्रधान वा शाखा कार्यालयहरुमा सम्पर्क राखी बुझाउन बाँकी रहेका सम्पूर्ण कागजातहरु बुझाई दाबी फरख फारख गराउनु पर्नेछ ।
तोकिएको समयभित्र आवश्यक कागजातहरु नबुझाउने दाबीकर्ताहरुको हकमा निजहरुसँग सम्बन्धित दाबी फाईल बन्द भई तामेलिमा जाने कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                