राष्ट्रिय बीमा कम्पनीका अध्यक्षद्वारा शपथ ग्रहण
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष निर्मल ढकालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले ढकाललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        