सोमबार, असार २,२०८२ 02:14:25
  • सोमबार, असार २,२०८२ 02:14:25
Global IME Bank Limited

राष्ट्रिय बीमा कम्पनीमा सीईओ नियुक्तिको प्रक्रिया अघि बढ्यो

Hyundai Nepal
राष्ट्रिय बीमा कम्पनीमा सीईओ नियुक्तिको प्रक्रिया अघि बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आज एक सूचना जारी गरेर नयाँ सीईओको लागि आवेदन खुलाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीमा सीईओ रिक्त भएको करिब डेढ महिनापछि नयाँ सीईओ चुन्न लागिएको हो । कम्पनीको सञ्चालक समिति सदस्य शंकर राज पाठकको नेतृत्वमा बनेको पदपूर्ति समितिले सीईओको पदपूर्ति सम्बन्धी कार्यविधि बनाएको हो ।  

रिक्त सीईओ पदमा इच्छुक र योग्यता पुगेका व्यक्तिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । कम्पनीले बीमा क्षेत्रमा १० वर्ष काम गरिसकेको अनुभवि व्यक्तिले आवेदन दिन सक्ने जनाएको छ । कम्पनीका अनुसार आवेदकको उमेर ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।  

साथै सूचनामा बीमा, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नाकोत्तर उपाधी हासिल गरेको व्यक्ति हुनुपर्ने उल्लेख छ ।  

गत मंसिर महिनादेखि राष्ट्रिय बीमा कम्पनी निमित्तको भरमा चलेको छ । गत मंसिर ८ गते तत्कालिन सीईओ शेखर बरालले पदबाट राजीनामा दिएपछि कम्पनीका डीसीईओ सुवास कोइरालाले निमित्त सीईओको जिम्मेवारी पाएका हुन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.