काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवहरि श्रेष्ठको राजीनामा स्वीकृत भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गर्दै नायव प्रमुख कार्यकारी अधिकृत सुवास कोइरालालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।
कम्पनीका अनुसार गत साउन ३१ गते बसेको सञ्चालक समितिको ५२७औँ बैठकले सीईओ डा. श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो। त्यसै बैठकले कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत सुवास कोइरालालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको कम्पनीले जनाएको छ ।
श्रेष्ठको राजीनामा स्वीकृत भएसँगै कोइरालाले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निमित्तका रूपमा सम्हाल्ने भएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।