काठमाण्डौ । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।
कम्पनीको (साविक राष्ट्रिय बीमा संस्थान)को आर्थिक वर्ष २०६७/ ६८ देखि आर्थिक वर्ष २०६९/ ७० सम्म कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन प्राधिकरणबाट माघ १७ गते स्वीकृत भएको छ । सोहि अनुसार नयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
बोनसदर बीमाङ्कीय मूल्याङ्कनको आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ ।