सोमबार, असार २,२०८२ 11:25:51
  • सोमबार, असार २,२०८२ 11:25:51
Global IME Bank Limited

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

Hyundai Nepal
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । गत वैशाख ७ गतेदेखि निष्काशित बैंकको ऋणपत्रमा वैशाख १० गतेसम्म आवेदन दिन सकिने जनाइएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले यो ऋणपत्रमा आवेदन दिने समय वैशाख २१ गतेसम्म लम्बाइएको छ ।  

तर यसबीचमा मागभन्दा बढी आवेदन प्राप्त भएमा भने वैशाख २१ गते अघिपनि ऋणपत्र निष्कासन बन्द गरिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता भएको ७ वर्षे अवधिको ‘‘७ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८८’नामक ऋणपत्र निष्कासन गरेको हो ।  

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात १५ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।  

७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।  

यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.