सोमबार, असार २,२०८२ 09:01:00
  • सोमबार, असार २,२०८२ 09:01:00
Global IME Bank Limited

जापानमा चामल अभाव, दक्षिण कोरियाबाट २५ वर्षमा पहिलोपटक गर्यो आयात

Hyundai Nepal
जापानमा चामल अभाव, दक्षिण कोरियाबाट २५ वर्षमा पहिलोपटक गर्यो आयात
Nabil Bank Limited

काठमाण्डौ । जापानले २५ वर्ष अवधिमा पहिलोपटक दक्षिण कोरियाबाट चामल आयात गरेको छ । जापान सरकारले चामलको अभावका कारण बढ्दो मूल्य र उपभोक्ताको आक्रोशलाई सम्बोधन गर्ने प्रयास स्वरुप दक्षिण कोरियाबाट लामो समयको अन्तरालपछि चामल आयात गरेको हो ।  

मिडिया रिपोर्टका अनुसार सन् १९९९ पछि पहिलोपटक दक्षिण कोरियाबाट जापानमा चामल आयात भएको हो । सरकारको प्रयासका बाबजुत यतिबेला जापानमा उत्पादन भएको घरेलु चामलको मूल्य आकाशिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जापानमा चामलको मूल्य एक वर्षको तुलनामा दोब्बरले वृद्धि भएको छ । जसका कारण भारी भन्सार शुल्कका बाबजुत सस्तो विदेशी  चामलको माग बढेको छ ।  

गत अप्रिल ६  मा जापानमा ५ केजी चामलको औषत मूल्य ४२१४ येन(३० डलर) पुगेको थियो । जुन गत वर्षको तुलनामा दोब्बर हो । यसले जापान सरकारलाई आफ्नो ठूलो चामल भण्डारसम्बन्धी निर्णय लिन बाध्य पारेको थियो ।  

बढ्दो मूल्यलाई नियन्त्रण गर्न मार्च महिनामा जापान सरकारले २ लाख १० हजार टनको चामल भण्डारलाई बजारमा आपूर्ति गर्न सुरु गरेको थियो । तर यसको प्रभाव न्यून देखियो । जापानमा रेकर्डतोड गर्मी, अभावको त्रासले आवश्यकताभन्दा बढी खरिद गरेर भण्डारण  

मध्य मार्च महिनामा जापान सरकारले पहिलो बोलकबोलमा १ लाख ४२ हजार टन चामल बजारमा पठाएको थियो । तर महिनाको अन्त्यमा भने जम्मा ४२६ टन मात्रै सुपरमार्केट र अन्य आउटलेटहरुमा पुगेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.