सोमबार, असार २,२०८२ 11:05:25
  • सोमबार, असार २,२०८२ 11:05:25
Global IME Bank Limited

एमसीसी परियोजना बन्द गर्दै अमेरिका

Hyundai Nepal
एमसीसी परियोजना बन्द गर्दै अमेरिका
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकाले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कार्यक्रम बन्द गर्ने भएको छ । एलन मस्कले सम्हालेको ‘डिमापर्टमेन्ट अफ गभरमेन्ट इफिसियन्सी(डज)’को सरकारी खर्च घटाउने प्रयास अन्तर्गत एमसीसी कार्यक्रम बन्द गर्न लागिएको हो ।  

मंगलबार डज विभागले एजेन्सीका सबै कर्मचारीलाई ई–मेल पठाउदै सरकारी कर्मचारीहरु र कार्यक्रमहरु उल्लेख्य मात्रामा घटाइने बताएको छ । एमसीसीमा डजको प्रवेश भएको एक साताको अवधिमा यस्तो ई–मेल पठाइएको हो । कर्मचारीहरुलाई प्रशासनिक बिदामा पठाइने जनाइएको छ ।  

जनशक्ति घटाउने योजनाअन्तर्गत एक्टिङ सीईओबाहेक अन्य सबै कर्मचारीलाई निकाल्ने योजना रहेको जनाइएको छ । यो ट्रम्प प्रशासनले अमेरिकी वैदेशिक सहायतामाथि गरेको ताजा प्रहार हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सन् २००४ मा स्थापना गरिएको एमसीसीले विश्वका विकासशील देशहश्रलाई निश्चित समय अवधिभित्र आयोजना पूरा गर्न आर्थिक सहायता प्रदान गर्ने गर्छ । यसमा युक्रेन, एल साल्भाडोर र नेपाल जस्ता देशहरु समावेश छन् । एमसीसीले यी देशहरुलाई भौतिक संरचना र नीतिगत सुधारका लागि सहायता दिदै आएको छ ।  

यससँगै अब नेपालमा सञ्चालित एमसीसी अन्तर्गतका परियोजनाहरु पनि बन्द हुनेछन् । नेपालमा एमसीसी अन्तर्गत ५५ करोड अमेरिकी डलरको अनुदान सहयोग प्राप्त भएको छ । यो अनुदानले लमही–बुटवल सडक स्तरोन्नति र १६० केभी डबल सर्किट प्रसारण लाइन निर्माण जस्ता ठूला पूर्वाधार योजनाहरूमा खर्च भइरहेको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.