काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.४३ र बिक्रीदर १३७.०३ रुपैयाँ कायम भएको छ ।
यस्तै एक यूरोको खरिददर १५५.०५ रुपैयाँ र बिक्रीदर १५५.७३ रुपैयाँ कायम भएको छ । एक पाउण्डको खरिददर १८१.६४ रुपैयाँ र बिक्रीदर १८२.४४ रुपैयाँ कायम छ । यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७.०५ रुपैयाँ र बिक्रीदर ८७.४५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.५२ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.१४ रुपैयाँ र बिक्रीदर ३७.३१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७२ रुपैयाँ र बिक्रीदर १८.८० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१९ रुपैयाँ र बिक्रीदर ३१.३३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.४३ रुपैयाँ र बिक्रीदर ३७.५९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.४८ रुपैयाँ र बिक्रीदर ९.५२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४४.९३ रुपैयाँ र बिक्रीदर ४४६.८९ रुपैयाँ कायम भएको छ ।