मंगलवार, श्रावण १९,२०८३ 07:43:38
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 07:43:38
Bizshala
Global IME Bank Limited

टाइटानिक डुब्नुअघि लेखेको पत्र ४ लाख डलरमा बिक्री

टाइटानिक डुब्नुअघि लेखेको पत्र ४ लाख डलरमा बिक्री
New Office

काठमाण्डौ । टाइटानिक जहाज डुब्नुअघि एकयात्रुले लेखेको पत्र ४ लाख डलरमा बिक्री भएको छ । कर्नेल आर्चिबाल्ड ग्रासीले टाइटानिक डुब्नु केही दिनअघि मात्रै लेखेको उक्त पत्र बेलायतमा लिलामीमा राखिएको थियो ।  

जहाँ उक्त पत्रका लागि ४ लाख डलर(३ लाख पाउण्ड)को बोलि लागेको हो । बेलायतको हेनरी अल्ड्रिज एण्ड सन्समा लिलामी गरिएको उक्त पत्र एक व्यक्तिले खरिद गरेका छन् । उनको परिचिय भने खुलाइएको छैन ।  

लिलामी अघि उक्त पत्र ६० हजार पाउण्डमा बिक्री हुने अनुमान गरिएको थियो ।  

उक्त पत्र ग्रासीले साउथह्याम्टनमा टाइटानिकमा प्रवेश गरेपछि अर्थात सन् १९१२ अप्रिल १० मा लेखेका थिए । पत्र लेखेको ५ दिनपछि नर्थ एट्लान्टिकमा टाइटानिक जहाज डुबेको थियो ।

कर्नेल ग्रासी जहाजमा रहेका २२ सय यात्रुमध्ये एक थिए । यसका साथै उनी न्यूयोर्कतर्फ प्रस्थान गरिरहेको जहाजको क्रु सदस्य समेत थिए । उक्त दुर्घटनामा १५ सय भन्दा बढीले ज्यान गुमाएका थिए ।  

फस्ट क्लासका यात्रु ग्रासीले क्याबिन सी५१ बाट उक्त लेखेका थिए । उक्त पत्र सन् १९१२ अप्रिल ११ मा आयरल्याण्डको कुइन्स्टाउनमा पोष्ट गरिएको थियो । यो पत्र अप्रिल १२ मा पनि पोस्टमार्क्ड गरिएको थियो ।  

टाइटानिक दुर्घटनामा ग्रासी बाच्न सफल भएका थिए । तर हाइपरथर्मिया र चोटपटकका कारण उनको स्वास्थ्य अवस्था नाजुक बनेको थियो । उनी सन् १९१२ डिसेम्बर २ मा कोमा गएका थिए । यसको दुईदिन पछि उनको मृत्यु भएको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.