शुक्रबार, जेष्ठ १,२०८३ 05:45:18
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:45:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पाकिस्तानसँगको सम्बन्ध चिसिएसँग गर्मरायो भारतको सेयर बजार, डिफेन्स कम्पनीहरुको मूल्यमा उछाल

Laxmi Sunrise Bank Limited
पाकिस्तानसँगको सम्बन्ध चिसिएसँग गर्मरायो भारतको सेयर बजार, डिफेन्स कम्पनीहरुको मूल्यमा उछाल
Shivam Cement

काठमाण्डौ । पाकिस्तानसँगको सम्बन्ध चिसिएसँगै भारतको सेयर बजार गर्मराएको छ । आज भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स र निफ्टी५० दुवै बढेका छन् ।  

सेन्सेक्स इन्डेक्स आज १.२७ प्रतिशत अर्थात १००५ अंकले बढेर ८० हजार २१८ विन्दुमा पुग्यो । यो विगत चार महिनाकै उच्च विन्दु हो ।  

यस्तै निफ्टी पनि १.२० प्रतिशत अर्थात २८९ अंकले बढेर २४ हजार ३२८ विन्दुमा पुगेको छ । आज बैंकिङ मेटल र फर्मा कम्पनीहरुको सेयरमूल्यमा राम्रो वृद्धि देखियो । यस्तै एफएमसीजी र आईटीको सेयरमा भने गिरावट देखियो ।  

Bizshala
New Office
CG Motors

सेन्सेक्सको ३० वटा कम्पनीको सेयरमा २३ वटामा हरियाली छायो भने ७ वटामा गिरावट आयो । उता निफ्टीमा पनि ५० वटा कम्पनीमध्ये ३९ वटाको सेयरमूल्य बढ्यो भने ११ वटाको घट्यो ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ९० दिनको अस्थायी ट्यारिफ राहातबाट भारत–अमेरिकाबीचको दुईपक्षिय व्यापार सम्झौता(बीटीए)को चर्चाले गति लिने विश्वास गरिएको छ । साथै, भारतको विपरीत चीनलाई अमेरिकाको तर्फबाट ट्यारिफमा छूट दिइएको छैन । जसका कारण भारतीय निर्यातकर्ताहरुलाई अल्पकालका लागि फाइदा हुनसक्ने अनुमान गरिएको छ । जसका कारण भारतीय लगानीकर्ताको मनोबल वृद्धि भएको छ ।  

यसका साथै विदेशी लगानीकर्ताले समेत भारतीय बजारमा खरिद बढाएका छन् । अप्रिल २१ देखि २५ सम्म भारतीय बजारमा विदेशी लगानीकर्ताले १७ हजार ४२५ करोड भारुबराबरको लगानी गरेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

आज भारतीय डिफेन्स कम्पनीहरुको सेयरमूल्यमा समेत उछाल आयो । आज पारस डिफेन्स,गार्डन रिच बिल्डर्स,एचएएल,भारत डाइनामिक्स जस्ता डिफेन्स कम्पनीहरुको सेयरमूल्य १० प्रतिशतलसम्मले बढे । विज्ञहरुले भारत सरकारले पाकिस्तानविरुद्ध कडा कदम चाल्न सक्ने आँकलन गरेका छन् । जसका कारण मिसाइल,ड्रोन र अन्य सैन्य उपकरणहरुको खरिद बढ्न सक्ने जनाइएको छ ।  

यही कारण डिफेन्स कम्पनीहरुको सेयरको खरिद बढेको छ । यस्तै आज भारत र फ्रान्सबीच २६ वटा राफेल विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X