काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु) र बोटलर्स नेपाल(तराई) लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेका छन् र
कम्पनीहरुले बेग्ला–बेग्लै सूचना जारी गर्दै आव २०७४/७५ को ४० औं र ३२ औं साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेका हुन् ।
सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र कम्पनीहरुको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङमा सम्पर्क गरी लाभांश रकम भुक्तानी लिन कम्पनीहरुले आग्रह गरेका छन् ।
तोकिएको मितिभित्र भुक्तानी लिन नआएमा बाँकी रहेको नगद लाभांस रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जनाइएको छ ।