काठमाण्डौ । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रति सेयर रू. १०० अंकित दरका ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर प्रारम्भिक सार्वजनिक निष्कासनका लागि अनुमति पाएको हो ।
बोर्डले कम्पनीलाई फागुन १५ गते स्वीकृती दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।