काठमाण्डौ । तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।
कम्पनीले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद निष्कासन गर्न आजै बोर्डबाट अनुमति पाएको हो ।
कम्पनीले अब ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।