बुधबार, फाल्गुन ६,२०८२ 09:40:46
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 09:40:46
Bizshala
Global IME Bank Limited

स्वास्थ्य बीमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थप्ने स्वास्थ्य मन्त्रीको प्रस्ताव स्वीकृत

स्वास्थ्य बीमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थप्ने स्वास्थ्य मन्त्रीको प्रस्ताव स्वीकृत
Shivam Cement

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्यांकन गर्न जनशक्ति अभावमा देखिएको समस्या हल गर्न अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रीपरिषदले स्वीकृत गरेको छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट बोर्डका लागि ४०२ जना जनशक्ति थपिने भएका छन् । बोर्डका लागि मन्त्री पौडेलले अधिकृतस्तरका ५६ जना तथा सहायकस्तर र श्रेणीविहीन तीन सय ४६ जना जनशक्तिको अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रस्ताव लगेका थिए ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

हाल बोर्डमा जनशक्ति अभावमा गत साउनसम्मको दाबीमा मात्र मूल्यांकन सकिएको छ । बोर्डका कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले थपिएका अस्थायी जनशक्तिले चालु आवभित्रै बाँकी दाबीमा मूल्यांकन सक्ने लक्ष्यमा सघाउने विश्वास व्यक्त गरे ।

मन्त्रीपरिषदको निर्णयअनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा १२९, गेटा अस्पताल धनगढीमा १४१ तथा डडेलधुरा अस्पतालमा ३१३ जनाको अस्थायी दरबन्दी स्वीकृत भएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसले ती अस्पतालहरुले सञ्चालनमा खेपिरेहको समस्या समाधानमा सहजता ल्याउने विश्वास गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । ‘संगठन तथा व्यवस्थापन संरचनाको काम नसकिंदासम्म यसले सेवा सञ्चालनमा बोर्ड र अस्पतालहरुमा सहजता आउने विश्वास गरिएको छ,’ उनले भने ।

 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.