स्वास्थ्य मन्त्रीद्वारा वीर अस्पतालमा थपिएको सर्जिकल आइसीयुको उद्घाटन, आईसीयु कक्षमा बेड अभावको समस्या कम हुने
काठमाण्डौ । वीर अस्पतालमा अपरेशनका लागि भर्ना हुने बिरामीका लागि हुने बेड अभावको समस्या केही कम हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बुधबार नौ शैय्यासहितको सर्जिकल आइसीयु कक्षको उद्घाटन गरेका हुन् । संघीय अस्पतालको सेवा सुधार तथा विस्तार गर्ने मन्त्री पौडेलको नीतिअन्र्तगत वीरमा आइसीयु कक्ष थप गरिएको अस्पतालका निर्देशक डा. दिलिप शर्माले बताए ।अब...