मंगलवार, आश्विन १३,२०८३ 07:30:18
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:30:18
Bizshala
Global IME Bank Limited

आमाको अकालमृत्यु रोक्न आफूले थालेको कार्यक्रम परिस्कृत गर्न पूर्व स्वास्थ्यमन्त्री पौडेलको सरकारलाई सुझाव

Bizshala
आमाको अकालमृत्यु रोक्न आफूले थालेको कार्यक्रम परिस्कृत गर्न पूर्व स्वास्थ्यमन्त्री पौडेलको सरकारलाई सुझाव
New Office

काठमाण्डौ । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण भैरहेको आमा तथा महिलाहरुको अकालमृत्यु रोक्न आफूले अघि बढाएको कार्यक्रम परिस्कृत रुपमा निरन्तरता दिन सरकारसँग अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै समयमै परीक्षण नहुँदा कैयौं आमा तथा महिलाहरुले मृत्युवरण गर्नुपर्ने अवस्था अन्त्य गर्न निःशुल्क क्यान्सर परीक्षण स्क्रिनिङ थालेको स्मरण गरे ।

मातातीर्थ औंसीको अवसरमा आमाहरुलाई शुभकामना दिंदै उनले यस्तो अनुरोध गरेका हुन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘समाजमा महिलाको स्वास्थ्य दोश्रो प्राथमिकतामा परिरहेको सन्दर्भमा हामीले समयमै परीक्षण नहुँदा कैयौं आमा, महिलाहरुले मृत्युवरण गर्नु पर्ने त्रासद अवस्था अन्त्य गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहँदा अघि बढाएको निःशुल्क क्यान्सर परीक्षण स्कृनिङ सेवा शुरु गरेको आजको महत्त्वपूर्ण दिनमा स्मरण गर्दै वर्तमान सरकारले  यसलाई अझ परिस्कृत रूपमा  निरन्तरता दिनेछ भन्ने विश्वास व्यक्त गर्दछौं,’ उनको सन्देशमा छ ।

पौडेल मन्त्री रहँदा सबैभन्दा धेरै महिलाको ज्यान जाने कारण पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरुको रक्षाका लागि एचपीभी खोप अभियान तथा महिलाहरुको पाठेघर परीक्षणका लागि स्क्रिनिङ राष्ट्रिय कार्यक्रममा समावेश गरेर अभियान थालिएको थियो ।

दुवै अभियानको उद्देश्य क्यान्सरका कारण बढिरहेको महिला मृत्यु रोक्नु थियो ।

मातातीर्थ औंसीको अवसरमा त्यो निर्णय स्मरण गरेका पौडेलले यसलाई वर्तमान सरकारको प्राथमिकतामा राख्न सुझाव दिएका हुन् ।

‘स्वस्थ महिलाबाट स्वस्थ परिवार अनि समुन्नत राष्ट्र निर्माणको जिम्मेवारी पूरा गर्न हामी सदैव प्रतिबद्ध छौं,’ पूर्वमन्त्री पौडेलले सन्देशमा भनेका छन् । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.