मंगलवार, असार ३,२०८२ 11:47:53
  • मंगलवार, असार ३,२०८२ 11:47:53
Global IME Bank Limited

स्वास्थ्य बीमामा राष्ट्रसेवक आबद्ध गराउन स्वास्थ्यमन्त्रीको पहल, संघीय मामिला मन्त्रालयद्वारा पालिकामा पत्राचार

Hyundai Nepal
स्वास्थ्य बीमामा राष्ट्रसेवक आबद्ध गराउन स्वास्थ्यमन्त्रीको पहल, संघीय मामिला मन्त्रालयद्वारा पालिकामा पत्राचार
Nabil Bank Limited

काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिका कर्मचारी वैदेशिक रोजगारीमा जानेका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध हुन पत्राचार गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नीति तथा कार्यक्रम र बजेटमा उल्लिखित सबै राष्ट्रसेवक तथा संगठित क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गराउने विषय कार्यान्वयनका लागि मन्त्रालयमार्फत पहल थालेका थिए ।

मन्त्रालयले यस व्यवस्था कार्यान्वयनमा सघाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको थियो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सोही पत्रका आधारमा स्वास्थ्य बीमा ऐनमा भएको प्रावधान कार्यान्वयन गराउन संघीय मामिलाले पत्राचार गरेको हो ।

पालिकाका राष्ट्रसेवकसँगै वैदेशिक रोजगारीमा जानेको परिवारलाई ऐनको व्यवस्थाअनुसार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्राचार तथा सहजीकरणका लागि आग्रह गरेको पत्रका आधारमा सामान्य प्रशासनले अनिवार्य आबद्धताका लागि पत्र पठाएको उल्लेख गरेको छ ।

यसअघि मन्त्रालयले सबै संघीय मन्त्रालय तथा निकायहरुमा समेत यस्तै व्यवस्थाका लागि सघाउन पत्राचार गरेको थियो ।

यसले ऐनमा व्यवस्था भएर पनि हालसम्म लागु हुन नसकेको प्रावधान लागु हुने दिशामा अघि बढेको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा। रघुराज काफ्लेले बताए ।

स्वास्थ्य सचिव डा। विकास देवकोटाले बाँकी क्षेत्रमा समेत आबद्धताका लागि मन्त्रालयले निरन्तर पहल गर्ने बताए ।

स्वास्थ्य बीमा ऐन २०७४ मा प्रचलित कानून बमोजिम राष्ट्रसेवक मानिने व्यक्ति तथा वैदेशिक रोगारमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ भन्ने विषय उल्लेख छ । यस्तै, प्रचलित कानून बमोजिम स्थापना भएका तोकिएका संस्थाले सो संस्थामा कार्यरत व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउनु पर्नेछ भन्ने उल्लेख छ ।

तर हालसम्म कार्यान्वयनमा नआएको यो प्रावधान कार्यान्वयनका लागि नयाँ बजेट तथा नीति तथा कार्यक्रममा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पहल गरेका थिए । मन्त्री पौडेलले यसो भएमा करिब ४० अर्ब रकम स्वास्थ्य बीमा कोषमा थपिने र कार्यक्रमको दिगोपनामा योगदान पुग्ने बताउँदै आएका छन् । 

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.