मंगलवार, कार्तिक ३,२०८३ 04:21:36
  • मंगलवार, कार्तिक ३,२०८३ 04:21:36
Global IME Bank Limited

नसर्ने रोग नियन्त्रणका लागि हरेक वर्ष एक महिने परीक्षण अभियान थाल्ने स्वास्थ्य मन्त्रीको निर्णय

Bizshala
नसर्ने रोग नियन्त्रणका लागि हरेक वर्ष एक महिने परीक्षण अभियान थाल्ने स्वास्थ्य मन्त्रीको निर्णय
New Office

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुको बढ्दो फैलावट रोक्न एक महिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने निर्णय गरेका छन् ।

 मधुमेह, उच्च रक्तचाप तथा मृगौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै समयमै पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिका स्वीकृत गरेका हुन् ।

मन्त्री पौडेलले रोगको उपचार र निदानसँगै लाग्नै नदिन रोकथामका उपायहरु जनस्तरमा पुर्याउने गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकतामा घोषणा गरेका थिए ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सोही अनुरुप हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी ‘समुदायमा नसर्ने रोगहरु ९मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग, शरिरको उचाइ र तौलको अनुपात० पहिचानका लागि एक महिनो अभियान सञ्चालन निर्देशिका २०८१’ स्वीकृत गरेका हुन् ।

 अहिले देशैभर मृगौलासम्बन्धी रोगबाट पीडित भएर डायलसिस हुने बिरामीको संख्या बढिरहेको छ । संख्या बढेका कारण भएका डायलसिस गराउने संरचनामा दबाब परिरहेको छ ।

यसैगरी खानपान तथा जीवनशैलीका कारण उच्च रक्तचाप तथा मधुमेहका बिरामीसमेत बढिरहँदा स्वास्थ्य उपचार प्रणाली र बिरामी दुवैले मार खेप्नु परिरहेको छ ।

 ‘बिरामी भए पछि हुने उपचारका लागि हामीले ठूलो श्रोत साधन खर्चनु परिरहेको छ,’ मन्त्री पौडेलले भने, ‘हामी अब उपचारसँगै समयमै रोग लाग्नबाट जोगिन रोकथामका अभियानमा पनि सँग सँगै लाग्नेछौं ।’

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

 उनले शुरुवाती अवस्थामा थाहा भए नागरिक र राज्यले ठूलो क्षतिबाट जोगिने अवस्था आउने भन्दै सीमित श्रोत साधनसँग जुध्दै गरेको स्वास्थ्य प्रणाली र नागरिकको पीडा कम गर्न यसले भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकडाले पछिल्लो समय नसर्ने प्रकृतिका मृगौला फेल हुने, उच्च रक्तचाप, मधुमेहलगायतका रोग प्रमुख स्वास्थ्य समस्याका रुपमा देखिरहेको देखाएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.