शुक्रबार, असार २६,२०८३ 08:39:38
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 08:39:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गर्ने स्वास्थ्य मन्त्रीको निर्णय

Laxmi Sunrise Bank Limited
बालबालिकाको प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णप्रासन आयुर्वेदिक थोपा प्रदान गर्ने स्वास्थ्य मन्त्रीको निर्णय

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्दतीको स्वर्णप्रासन थोपा प्रदान गर्ने निर्णय गरेका छन् । स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर थोपा अंशको रुपमा उपलब्ध गराइदा प्रतिरोध क्षमता वृद्धि हुनुका साथै बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासका हुने जानकार बताउँछन् ।

मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णयबाट यस्तो थोपा देशैभर जन्मेको ६ महिनादेखि ५ वर्षसम्म प्रदान गर्ने निर्देशिकासमेत स्वीकृत गरेका छन् । गत वर्ष मन्त्री पौडेलले बालबालिकाको प्रतिरोध क्षमता बढाउन यस्तो कार्यक्रम ल्याउने घोषणा गरेका थिए ।

New Office
CG Motors
Garima Development Bank

अब देशभरका २५ आयुर्वेदिक स्वास्थ्य संस्थाहरुमार्फत देशैभर पहिलो चरणमा कार्यक्रम शुरु हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । आगामी वर्षमा देशका सबै आयुर्वेदिक संस्थामा यस्तो कार्यक्रम विस्तार गर्ने योजना रहेको प्रवक्ता बुढाथोकीले बताए ।

‘देशभित्रकै आयुर्वेदिक प्रविधिको प्रवद्र्धन र प्रयोगमार्फत नागरिकको स्वास्थ्य रक्षामा यो मह्तवपूर्ण कदम हो,’ उनले भने ।

मन्त्री पौडेलले आयुर्वेदिक औषधी तथा उपचार विधि प्रवद्र्धन गर्न स्वदेशी उत्पादकलाई विदेश निर्यातमा सहयोग पुग्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड जिएमपी प्राप्त गर्ने व्यवस्था मिलाएका छन् । विदेश निर्यात गर्न तथा देशभित्रै स्तरीय उत्पादन गरिरहेका आयुर्वेदिक उत्पादकले औषधी व्यवस्था विभागबाट यो प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था मन्त्री पौडेलले मिलएका हुन् ।

नयाँ बजेटमा देशका सबै स्थानीय तहमा नागरिक आरोग्य कार्यक्रम समेत अघि बढाइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.