बिहीबार, असार ११,२०८३ 06:36:31
Bizshala
  • बिहीबार, असार ११,२०८३ 06:36:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जनरल मोटर्सले ८.२० लाख युनिट पिकअप ट्रक बजारबाट फिर्ता मगाउने

Laxmi Sunrise Bank Limited
जनरल मोटर्सले ८.२० लाख युनिट पिकअप ट्रक बजारबाट फिर्ता मगाउने

काठमाण्डौ । सवारी निर्माता कम्पनी जनरल मोटर्सले ८ लाख २० हजार युनिट पिकअप ट्रक बजारबाट फिर्ता बालोउने भएको छ । कम्पनीले टेलगेट्समा देखिएको सम्भावित सुरक्षा समस्यालाई मध्यनजर गर्दै बजारबाट ट्रक फिर्ता बोलाउने योजना बनाएको हो ।  

२०२०–२०२४ को चेभी सिल्भेराडो र जीएमसी सियरा ट्रक बेडकोे गेट खोल्न प्रयोग भएको इलेक्ट्रोनिक ल्याच मेकानिजम,टेलगेटमा पानी पर्दा सर्ट सर्किट हुने सम्भावना रहेकाले यी मोडकका ट्रकहरु बजारबाट फिर्ता मगाउन लागिएको कम्पनीले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

कार चलिरहेका बेला टेलगेट खुलेको १३० वटा गुनासाहरु दर्ता भएका छन् । तर कम्पनीले भने सवारी साधन पार्क भएका बेला मात्रै गेट खुल्ने दाबी गरेको छ ।  

कम्पनीले अमेरिकामा बिक्री गरिएका ५ लाख ७० हजार र क्यानडामा बिक्री गरिएका २ लाख ४९ हजार युनिट सवारी फिर्ता मगाउने योजना बनाईरहेको छ । फिर्ता मगाइएको सवारीमा डिलरहरुले टेलगेट खोल्ने नयाँ एक्टेरियर स्वीच जडान गर्नेछन् । यस्तो स्वीच पानीबाट कम प्रभावित बन्ने खालको हुने जनाइएको छ ।  -एजेन्सी

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.