सोमबार, असार २,२०८२ 10:42:19
  • सोमबार, असार २,२०८२ 10:42:19
Global IME Bank Limited

नेपाल फाइनान्सको सेयरमूल्य ९ महिनामा प्रतिकित्ता रु.२ हजारले घट्यो, ५ फाइनान्स शतप्रतिशतले खसे

Hyundai Nepal
नेपाल फाइनान्सको सेयरमूल्य ९ महिनामा प्रतिकित्ता रु.२ हजारले घट्यो, ५ फाइनान्स शतप्रतिशतले खसे
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजार कसरी कुनै कम्पनीको सेयरमूल्य उचाईबाट तीव्र रुपमा तल झर्छ भन्ने पछिल्लो उदाहरण बनेको छ, नेपाल फाइनान्स कम्पनी । सेयर बजारमा प्रतिफलका साथै जोखिम पनि उत्तिकै हुन्छ तथ्यलाई यो कम्पनीको सेयरमूल्यले राम्ररी पुष्टि गरेको छ । कुनै बेला यो कम्पनीलाई ‘हट केक’ र ‘नट् फर सेल’ भनेर बजारमा प्रचार गरेको सुनिन्थ्यो । तर यो कम्पनीको सेयरमूल्य छोटो समयमा जसरी बढेको थियो त्यसरी नै खसेको पनि देखिन्छ । बढ्दा पनि ३ महिनामा यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६ सय बाट २६ सय माथिसम्म पुगेको थियो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत साउन महिनाको २९ गते यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ हजार ६२६ रुपैयाँसम्म पुगेको थियो । त्यसपछिको ९ महिनामा यो कम्पनीको सेयर मूल्य घटेर आजसम्म आईपुग्दा प्रतिकित्ता ६२५ रुपैयाँ कायम भएको छ । यो भनेको ९ महिनाको अवधिमा लगानीकर्ताले प्रति कित्ता २ हजारले घाटा व्यहोरेका छन् ।  

बजारमा यो कम्पनी एक उदाहरण मात्रै  हो । प्रायः फाइनान्स समूहका कम्पनीको सेयर भाउ घटेर चार भागको एक भागसम्म झरेका छन् । ९ महिनाको  अवधिमा फाइनान्स समूहमा उच्च अंकबाट ७२ प्रतिशतले गिरावट आएको छ । यसबीचमा नेपाल फाइनान्सको सेयरमूल्य मात्रै उच्च मूल्यबाट ३२० प्रतिशतले घटेको छ । 

त्यसैगरि, सबैभन्दा बढी एक सय प्रतिशतभन्दा बढी गिरावट आउनेमा जानकी फाइनान्स १४० प्रतिशत , समृद्धि फाइनान्स १२५ प्रतिशत, गूडविल फाइनान्स १०३ प्रतिशतले घटेका छन् । १५ वटा फाइनान्स कम्पनीहरुमा बाँकी कम्पनीहरुको सेयरमूल्यमा पनि ९ महिनाको अबधिमा ५० प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.