सोमबार, असार २,२०८२ 10:45:15
  • सोमबार, असार २,२०८२ 10:45:15
Global IME Bank Limited

आशा लघुवित्तको आम्दानीसँगै नाफा पनि बढ्यो, वितरणयोग्य मुनाफा भने ६०.६३% ले घट्यो

Hyundai Nepal
आशा लघुवित्तको आम्दानीसँगै नाफा पनि बढ्यो, वितरणयोग्य मुनाफा भने ६०.६३% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ६८.९४ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले  ३ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

यस्तै तेस्रो त्रैमाससम्म संस्थाले ५० करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६०.६क्ष्९ प्रतिशतले धेरै हो । अघिल्लो आवमा संस्थाले ३१ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  संस्थाको. खुद शुल्क तथा कमिशन आम्दानी भने केही घटेको छ । अघिल्लो आवमा ८ करोड ७० लाख रुपैयाँ रहेको खुद शुल्क तथा कमिशन आम्दानी घटेर ८ करोड ११ लाखमा सीमित बनेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको खुद सञ्चालन आम्दानी ८.२३ प्रतिशतले बढेर ४५ करोड १७ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन मुनाफा ९ करोड ६६ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको रिटेन्ड अर्निङ ५१.७४ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १० करोड ५ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर ४ करोड ८ लाखमा झरेको को छ । संस्थाको रिजर्भको आकार भने ३२ करोड ५६ लाख रुपैयाँबाट बढेर ३४ करोड २७ लाख रुपैयाँ पुगेको छ ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ अर्ब ८० करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर ३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा प्रवाह पनि ९ अर्ब ५५ करोड रुपैयाँबाट बढेर १० अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।  

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि १५ करोड ४४ लाख रुपैयाँ छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात केहि बढेको छ । संस्थाको खराब कर्जा अनुपात ४.९५ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ८५ लाख रहेको छ । जुन अघिल्लो आवको तुलनामा ६०.६३ प्रतिशतले कम हो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ११.९३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १५३.३८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४७६.४० रुपैयाँ,मूल्य आम्दानी अनुपात ६७.९९ गुणा र तरलता अनुपात ५.६९ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.