सोमबार, असार २,२०८२ 10:54:25
  • सोमबार, असार २,२०८२ 10:54:25
Global IME Bank Limited

अपर स्याङ्गे हाईड्रोपावर १.६२ करोड घाटामा, आम्दानीमा २१% को गिरावट

Hyundai Nepal
अपर स्याङ्गे हाईड्रोपावर १.६२ करोड घाटामा, आम्दानीमा २१% को गिरावट
Nabil Bank Limited

काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीको नाफामा १ करोड ६२ लाख रुपैयाँ घाटामा रहेको छ ।  

अघिल्लो आवको समेही अवधिसम्म पनि ३४ लाख १७ हजार घाटामा रहेको थियो । विद्युत बिक्री आम्दानीमा आएको गिरावटका कारण कम्पनीको घाटा बढेको हो । यो अवधिसम्म  विद्युत बिक्रीमार्फत कम्पनीले ३ करोड ९८ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २१.१९ प्रतिशतले कम हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कर्मचारी खर्च ५० लाख ४४ हजार रुपैयाँबाट बढेर ६२ लाख ७७ हजार रुपैयाँ र प्रशासनिक खर्च ३७ लाख ६७ हजार रुपैयाँबाट बढेर ६५ लाख ८ हजार रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भको आकार पनि १० करोड ६६ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीले यो अवधिसम्म ३३ करोड ८१ लाख रुपैयाँ दीर्घकालिन र ४ करोड ४७ लाख रुपैयाँ अल्पकालिन कर्जा लिएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.०६रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ५१.५४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २४५.४७ रुपैयाँ र तरलता अनुपात ५३.६५ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.