सोमबार, असार २,२०८२ 09:24:40
  • सोमबार, असार २,२०८२ 09:24:40
Global IME Bank Limited

साहस उर्जाको नाफा ७४% ले बढ्दै ८३.४१ करोड पुग्यो, आम्दानी २.१४ अर्ब

Hyundai Nepal
साहस उर्जाको नाफा ७४% ले बढ्दै ८३.४१ करोड पुग्यो, आम्दानी २.१४ अर्ब
Nabil Bank Limited

काठमाण्डौ । साहस उर्जा कम्पनी लिमिटेडको वित्तीय अवस्थामा सुधार आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ८३ करोड ४१ लाख रुपैयाँबराबरको नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७४.४५ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४७ करोड ८१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी पनि ५.८४ प्रतिशतले बढेको छ । विद्युत बिक्री आम्दानी २ अर्ब २ करोड रुपैयाँबाट बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीले ३३ लाख ३० हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको प्रशासनिक खर्च ७ करोड १७ लाख रुपैयाँबाट घटेर ५ करोड ७५ लाखमा सीमित बनेको छ । यस्तै कम्पनीको वित्त खर्च पनि ९१ करोड ६८ लाखबाट घटेर ६२ करोड ९८ लाखमा झरेको छ । कम्पनीले कर्मचारीका लागि बोनस बढाएको छ । अघिल्लो आवमा ९७ लाख ५८ हजार रहेको कर्मचारी बोनस १ करोड ७१ लाख पुगेको छ । कम्पनीको रिजर्भ तथा सञ्चित मुनाफा ३ अर्ब १० करोड रुपैयाँ रहेको छ ।  

३ अर्ब ७८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३ करोड र कुल चालु दायित्व २ अर्ब १६ करोड रुपैयाँ रहेको छ । 

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२९.४२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४६९.२६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १८२.१८ र तरलता अनुपात ०.४८ प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.