बुधबार, भाद्र ३,२०८३ 05:01:20
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 05:01:20
Bizshala
Global IME Bank Limited

वित्त खर्चमा उछाल आएसँगै भिजन लुम्बिनी उर्जाको नाफामा उच्च गिरावट

वित्त खर्चमा उछाल आएसँगै भिजन लुम्बिनी उर्जाको नाफामा  उच्च गिरावट
New Office

काठमाण्डौ । वित्त खर्चमा उछाल आएसँगै भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८७.२३ प्रतिशतले कम हो ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ११ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी भने १०३.५६ प्रतिशतले बढेको छ । समीक्षा अवधिसम्म कम्पनीले २६ करोड ४० लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ ।  

Bizshala
CG Motors

अघिल्लो आवमा २५ लाख २७ हजार रहेको कम्पनीको वित्त खर्च भने १४ करोड ३३ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको कर्मचारी खर्च पनि १४ लाख १३ हजारबाट बढेर ४८ लाख ६१ हजार र प्रशासनिक खर्च ७ लाख ६१ हजारबाट बढेर ६८ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।  

तेस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ७१ करोड ८ लाख  रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.०५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३७०.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३७.१७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६०७.६६ गुणा र तरलता अनुपात १.५० गुणा कायम भएको छ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.