सोमबार, असार २,२०८२ 01:57:25
  • सोमबार, असार २,२०८२ 01:57:25
Global IME Bank Limited

हिमालयन रि इन्स्योरेन्सका कर्मचारी मालामाल, १२२.६६ % ले बढ्यो बोनस

Hyundai Nepal
हिमालयन रि इन्स्योरेन्सका कर्मचारी मालामाल, १२२.६६ % ले बढ्यो बोनस
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीलाई मालामाल बनाएको छ ।  

कम्पनीले कर्मचारी सुविधाका लागि गत वर्ष २० करोड ६४ लाख ३५ हजार रुपैयाँ प्रदान गरेको छ ।  

यो रकम अघिल्लो वर्षको तुलनामा ७० प्रतिशतले बढी हो । अघिल्लो वर्षमा कम्पनीले कर्मचारी सुविधाका लागि कुल १२ करोड १४ लाख रुपैयाँ छुट्याएको थियो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बीमा कम्पनीहरुले वित्तीय विवरणमा कर्मचारीलाई सुविधा वापत दिने रकम ‘कर्मचारी सुविधा खर्च’बापत शीर्षकमा छुट्याएका हुन्छन् । यस्तो शीर्षकको रकम कर्मचारीलाई सुविधा दिन वा कर्मचारीको फाइदाका लागि खर्चिएको रकम बुझिन्छ । यस्ता खालका रकम नगद वा गैह्र–नगद पनि हुन सक्छ ।  

जसमा न्यूनतम पारिश्रमिक प्राप्त गर्ने कर्मचारीलाई स्वास्थ्य बीमा, उपचार खर्च, सामाजिक सुरक्षा कोष, बोनस लगायत लत्ताकपडा वा अन्य वस्तु किनमेल खर्चको समेत व्यवस्था रहेको हुन्छ । साथै केही कम्पनीहरुले कर्मचारीको कामको प्रशंसा बापत समेत यस्ता शीर्षकमा रकम छुट्याएका हुन्छन् ।  

हिमालयन रि ले कर्मचारीलाई दिने बोनस रकम मात्रै ९ करोड ७० लाख २५ हजार रुपैयाँ छुट्याएको छ । जुन यो बोनस रकम अघिल्लो वर्षको तुलनामा १२२.६६ प्रतिशतले बढी हो । सो वर्षमा कम्पनीले कर्मचारीहरुलाई ४ करोड ३५ लाख ७५ हजार रुपैयाँ बोनस बाँडेको थियो ।  

यता कर्मचारीको तलबमा कम्पनीले ५ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ । कर्मचारी तलब समेत अघिल्लो वर्षको तुलनामा १६५.२५ प्रतिशतले बृद्धि भएको छ । सो वर्षमा कम्पनीले तलब स्वरुप १ करोड ९४ लाख ६० हजार रुपैयाँ खर्चेको थियो ।  

साथै कम्पनीले चाडपर्व भत्ता बापत पनि ५७ लाख ११ हजार रुपैयाँ र अन्य भत्ता स्वरुप २ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ ।  

त्यस्तै, सामाजिक सुरक्षा कोषमा ५१ लाख ६१ हजार, उपदानमा ४३ लाख १ हजार, विदा वापत पाइने रकम ८६ लाख २७ हजार, तालिम खर्च ३२ लाख १६ हजार, बीमा रकम ३ लाख ८३ हजार, कर्मचारी हितका लागि २ लाख २३ हजार र कर्मचारी खाजा खर्चमा १६ लाख ३१ हजार रुपैयाँ खर्च गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.