सोमबार, असार २,२०८२ 02:29:06
  • सोमबार, असार २,२०८२ 02:29:06
Global IME Bank Limited

बंगलादेश फर्किइन् खालिदा जिया, बढ्यो राजनीतिक हलचल

Hyundai Nepal
बंगलादेश फर्किइन् खालिदा जिया, बढ्यो राजनीतिक हलचल
Nabil Bank Limited

काठमाण्डौ । बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जिया चार महिना लण्डनमा उपचार गराएर स्वदेश फर्किएकी छन् ।

उनी मंगलबार बिहान हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।खालिदा जियासँगै उनकी बुहारी जुबैदा रहमान पनि बंगलादेश फर्किएकी छिन् । उनकी बुहारी करिब १७ वर्षपछि बंगलादेश आएकी हुन् ।

उनीसँगै तीन निजी डाक्टर पनि थिए । उनलाई स्वागत गर्न नेकपाका नेता तथा कार्यकर्ता ब्यानर, पोस्टर र झण्डा बोकेर विमानस्थल नजिकै उभिएका थिए ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

खालिदा जिया ८ जनवरीमा उपचारका लागि लण्डन गएकी थिइन् । ७९ वर्षीया खालिदा जिया कलेजो सिरोसिस, मृगौलाको समस्या र मुटुको रोगजस्ता धेरै रोगबाट पीडित थिइन् । उनलाई उपचारका लागि लण्डन क्लिनिकमा भर्ना गरिएको थियो ।

गत वर्ष अगस्टमा बंगलादेशमा विद्यार्थी आन्दोलनपछि शेख हसिनाको सरकार पतन भएको थियो । त्यसयता बंगलादेशमा अन्तरिम सरकारले काम गरिरहेको छ । यस सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस हुन् ।

मुलुकमा निर्वाचन गराउने र विजयी दललाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी अन्तरिम सरकारको भए पनि निर्वाचन गराउने अन्तरिम सरकारको प्रतिबद्धतामा धेरै विश्लेषकहरुले शंका गर्दै आएका छन् । मोहम्मद युनुसको अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको छैन ।

केही सुधारपछि निर्वाचन हुनसक्ने भनिए पनि मिति भने दिइएको छैन । अब खालिदा जिया बंगलादेश फर्केपछि अन्तरिम सरकारलाई चुनाव गराउन दबाब पर्नेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.