सोमबार, असार २,२०८२ 09:16:27
  • सोमबार, असार २,२०८२ 09:16:27
Global IME Bank Limited

रुरु जलविद्युतको नाफा जम्मा २.३७% ले बढ्यो, आम्दानी र ईपीएस कति ?

Hyundai Nepal
रुरु जलविद्युतको नाफा जम्मा २.३७% ले बढ्यो, आम्दानी र ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मकाके अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ७ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २.३७ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।    

यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ११ करोड ८३ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २.१२ प्रतिशतले बढी हो । यो अवधिसम्म कम्पनीले २ लाख ३४ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च ८४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीले १४ लाख ४५ हजार रुपैयाँ स्टाफ बोनसको रुपमा खर्च गरेको छ ।  

कम्पनीको चुक्तापूँजी ५६ करोड ७३ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको रिजर्भ कोषमा १८ करोड ३९ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १६ करोड २४ लाख र कुल चालु दायित्व १० करोड ४३ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१६.५० रुपैयाँ  ,प्रतिसेयर नेटवर्थ १३०.६७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५३.६१ रुपैयाँ मूल्य आम्दानी अनुपात ४३.२५ गुणा र तरलता अनुपात १.५६ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.