सोमबार, असार २,२०८२ 10:58:54
  • सोमबार, असार २,२०८२ 10:58:54
Global IME Bank Limited

फरवार्ड माइक्रोफाइनान्सको नाफामा ६८% को गिरावट, वितरणयोग्य मुनाफा पनि घट्यो

Hyundai Nepal
फरवार्ड माइक्रोफाइनान्सको नाफामा ६८% को गिरावट, वितरणयोग्य मुनाफा पनि घट्यो
Nabil Bank Limited

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको । यो रकम अघिल्लो आवको तुलनामा ६८.९६ प्रतिशतले कम हो ।  

अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी भने ०.३९ प्रतिशतले बढेको छ । संस्थाले ८८ करोड  १७ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी १४ करोड १५ लाखबाट घटेर १२ करोड ६६ लाखमा सीमित बनेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अघिल्लो आवमा ३३ करोड ७७ लाख रहेको संस्थाको रिटेन्ड अर्निङ घटेर १२ करोड ४० लाखमा सीमित बनेको छ । यस्तै संस्थाको रिजर्भको आकार भने १ अर्ब ४४ करोडबाट बढेर १ अर्ब ७१ करोड पुगेको छ ।    

तेस्रो त्रैमाससम्ममा ९ अर्ब ७१ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २० अर्ब ८२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्थाको वितरणयोग्य मुनाफा ३३ करोड ८७ लाख रुपैयाँबाट घटेर १२ करोड ४० लाख रुपैयाँमा खुम्चिएको छ । संस्थाको खराब कर्जा अनुपात ८.२६ प्रतिशतबाट घटेर ५.८५ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ४.०३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २५३.६२ रुपैयाँ,प्रति सेयर कुल सम्पत्तिको मूल्य १ हजार ८७३.६३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८७.५८ गुणा र तरलता अनुपात ४.६२ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.