• बिहीबार, भाद्र २६,२०८२ 12:45:46
Global IME Bank Limited

घाटामा रहेको श्वेत गंगा हाईड्रो ६.८० करोड नाफा आर्जन गर्न सफल

Hyundai Nepal
घाटामा रहेको श्वेत गंगा  हाईड्रो ६.८० करोड नाफा आर्जन गर्न सफल

काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको श्वेत गंगा  हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड नाफा आर्जन गर्न सफल भएको छ । कम्पनी आम्दानी बढाउदै र वित्त खर्च कम गर्दै नाफा आर्जन गर्न सफल भएको हो ।  

कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ८ करोड २८ लाख घाटामा थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले बिद्युत बिक्रीबाट ६५ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ५९ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको थियो। कम्पनीको वित्त आम्दानी ६ लाख ५१ हजार रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च १९ करोड ४५ लाख रुपैयाँ र वित्त खर्च ३२ करोड १८ लाख रुपैयाँ रहेको छ ।  

अघिल्लो आवमा भने कम्पनीको वित्त खर्च ४२ करोड ३२ लाख रहेको थियो ।  

कम्पनीको रिटेन्ड अर्निङ ३७ करोड ६६ लाख रुपैयाँले ऋणात्मक र रिजर्भको आकार भने २१ लाख ७७ हजारले धनात्मक रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७६.४९ रुपैयाँ,तरलता अनुपात ०.४१ प्रतिशत र मूल्य आम्दानी अनुपात ११८.६४ गुणा कायम भएको छ ।    

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.