आम्दानी घटेतापनि श्वेत गंगा हाईड्रोपावरको नाफा ४८% ले बढ्यो
काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड आम्दानी घटेपनि नाफा बढाउन सफल भएको छ । खर्च घटेसँगै आम्दानीमा आएको गिरावटका बाबजुत पनि कम्पनी ९ करोड ७२ लाख खुद नाफा आर्जन गर्न सफल भएको हो । कम्पनीले चालु आवको पहिलो त्रैमासमा आर्जन गरेको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.२० प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ५६ लाख खुद...

