काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड ११ लाख ५४ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनी १ करोड २७ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले बिद्युत बिक्रीबाट ४६ करोड २४ लाख र निर्माणतर्फबाट ४ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च १३ करोड ३० लाख रुपैयाँ र वित्त खर्च २९ करोड ९४ लाख पैयाँले ऋणात्मक अवस्थामा छ ।
कम्पनीको रिटेन्ड अर्निङ २७ करोड ७१ लाख रुपैयाँले ऋणात्मक रहँदा रिजर्भको आकार भने १३ लाख ५८ हजार रुपैयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.०७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ८२.६९ रुपैयाँ गुणा कायम भएको छ ।