मंगलवार, फाल्गुन ५,२०८२ 02:01:46
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 02:01:46
Bizshala
Global IME Bank Limited

आम्दानी घटेतापनि श्वेत गंगा हाईड्रोपावरको नाफा ४८% ले बढ्यो

आम्दानी घटेतापनि श्वेत गंगा हाईड्रोपावरको नाफा ४८% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड आम्दानी घटेपनि नाफा बढाउन सफल भएको छ । खर्च घटेसँगै आम्दानीमा आएको गिरावटका बाबजुत पनि कम्पनी ९ करोड ७२ लाख खुद नाफा आर्जन गर्न सफल भएको हो ।  

कम्पनीले चालु आवको पहिलो त्रैमासमा आर्जन गरेको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.२० प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमासमा कम्पनीले ६ करोड ५६ लाख खुद नाफा आर्जन गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले विद्युत बिक्रीमार्फत २७ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५.५७ प्रतिशतले कम हो । कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ८२ लाख ६३ हजारबाट घटेर ५७ लाख ७१ हजार र वित्त खर्च १२ करोड ८१ लाखबाट घटेर ९ करोड ११ लाखमा सीमित बनेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको रिटेन्ड अर्निङ ३४ करोड २९ लाख रुपैयाँले ऋणात्मक र रिजर्भको आकार २६ लाख ३३ हजार रुपैयाँले धनात्मक छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.११ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७८.६४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५५.०७ गुणा र तरलता अनुपात ०.५४ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.