काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले नवौं साधारण सभा डाकेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाण्डौको सुकेधारामा रहेको सेलिब्रेशन हाइटमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको कुनै पनि प्रस्ताव नगरेकाले सभामा लाभांशको अजेण्डा पेश हुने छैन । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै सशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अखख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको नवौं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।
यस्तै कम्पनीको आव २०८२ को लेखापरीक्षणको प्रतिवेदनसहित गत असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धी अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ ।
सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, एकजना स्वतन्त्र सञ्चालकको नियुक्ती सर्वसाधारण सेयरधनीहरुकातर्फबाट प्रतिनिधित्व गर्ने १ जना महिलासहित ४ जनाको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                