काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका सञ्चालक भरत रेग्मीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ ९ गते मंगलबार बसेको बैठकले रेग्मीको राजीनामा स्वीकृत गरेको हो।
कम्पनीका अनुसार छैटौँ वार्षिक साधारण सभाबाट सञ्चालक पदमा नियुक्त भएका रेग्मीले घरायसी तथा व्यक्तिगत परिस्थितिका कारण जिम्मेवारी वहन गर्न असमर्थ रहेको भन्दै गत भदौ १ गते राजीनामा दिएका थिए। उनको राजीनामा ९ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ।
यसैगरी, कम्पनीका कम्पनी सचिव अंगुरा कोइरालाले दिएको राजीनामासमेत स्वीकृत भएको छ। कोइरालाले भदौ ३ गते कम्पनी सचिव पदबाट राजीनामा दिएका थिए।
कम्पनीले रिक्त भएको कम्पनी सचिव पदमा कम्पनीकी कानून अधिकृत दिपा नगरकोटीलाई नियुक्त गरेको छ। प्रचलित कानूनबमोजिम योग्य नगरकोटीलाई कम्पनी सचिवको समेत जिम्मेवारी सम्हाल्ने गरी भदौ ९ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।